माधव नेपाललाई पार्टीमा ठाउँ छैन : केपी ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाललाई पार्टीमा ठाउँ छैन : केपी ओली

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई ‘देशद्रोही’को संज्ञा दिदै उनका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार (आज) एमालेको काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

    अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । उनले भनेका छन्, ‘सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे । माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे ।’

    त्यस्तै उनले थप भने, ‘नेकपा एमालेको सरकार ढाले । लगभग दुई तिहाइको पार्टी फुटाए । एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छ ।’

    त्यस्तै, अध्यक्ष ओलीले पार्टी एकता र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै पार्टी एकता असफल नभएर प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका आरोप समेत लगाए । साथै, आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गर्दै उनले भने, ‘पार्टीमा खुट्टा तान्नेहरु कोही छैन । अब सजिलै बहुमत ल्याउन सकिन्छ ।’