एसओएस बालग्रामद्वारा एलईडी, शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसओएस बालग्रामद्वारा एलईडी, शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

    विवि श्रेष्ठ

    १५ श्रावण २०७८, शनिबार

    दमौली : एसओएस बालग्राम नेपालद्वारा व्यास नगरपालिका-१३ र १४ मा समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम मार्फत् विद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

    उक्त वडाका तीन सामुदायिक विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री, शैक्षिक सामग्री, नेपालको नक्सा, भलिवल, नेट, फलाईङ्ग डिस्क, एलईडी टिभी, डस्टविन, विज्ञान सामग्री, कार्पेट, स्यानिटाईजर, मास्क, थर्मल गन लगायतका सामग्री वितरण गरिएको हो । यस्तै प्राथमिक विद्यालयका लागि टेलिभिजन सेट पनि वितरण गरिएको छ ।

    व्यास-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले पारिवारिक सवलीकरण मार्फत समुदायमा प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । “स्वास्थ्य र शिक्षा जस्तो विषयमा एसओएस बालग्रामको सहयोग अत्यन्त सकारात्मक छ, जसले समाजको वातावरण सकारात्मक बनाउन भूमिका खेल्छ,” उनले भने।

    परियोजनाका संयोजक अमृत पन्थीको संयोजनमा सम्पन्न कार्यक्रममा व्यास-१३ का वडाध्यक्ष लेखबहादुर राना, कार्यक्रम अधिकृत सन्जय अर्याल, लेखा प्रमुख भरत पौडेल लगायतले बोलेका थिए ।

    एसओएसले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा गरेको सहयोगले विद्यार्थीलाई रचनात्मक तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने केशवटार माविका प्रधानाध्यापक दुर्गा बहादुर आलेले बताए ।