तनहुँमा थपिए १०७ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए १०७ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    तनहुँ : तनहुँमा शनिबार १०७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमध्ये ५४ महिला र ५३ पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै आज मृत्यु शुन्य छ ।

    पछिल्लो २४ घण्टामा ३४२ को परीक्षण गरिएको थियो । ८३ जना एन्टिजेनबाट पहिचान भएका हुन् । लकडाउन खुकुलो भएसँगै जिल्लामा कोरोना सङ्क्रमण बढेको छ ।