‘ट्रि हाउस’ प्रवेशका लागि शुल्क, उठेको रकम थप पूर्वाधारमा लगानी गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘ट्रि हाउस’ प्रवेशका लागि शुल्क, उठेको रकम थप पूर्वाधारमा लगानी गरिने

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७८, आईतवार

    म्याग्दे : तनहुँको म्याग्दे-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्मित ‘ट्रि हाउस’ प्रवेशका लागि शुल्क लाग्ने भएको छ। पछिल्लो समय निकै चर्चित भएको यस ठाउँलाई व्यवस्थित गर्न प्रवेशका लागि आइतबारदेखि शुल्क लाग्ने भएको हो ।

    उक्त ठाउँमा प्रवेशका लागि सामुदायिक वनले रु ५० निर्धारण गरेको छ । प्रवेश शुल्क बापत सङ्कलन भएको रकमले उद्यान र ‘ट्रि हाउस’ मा थप पूर्वाधार निर्माण गरिने वनका अध्यक्ष इश्वर रानाभाटले जानकारी दिए ।

    आन्तरिक पर्यटकको भिड लाग्ने गरेको यस ठाउँमा थप पूर्वाधारको विकासका लागि प्रवेश शुल्कको व्यवस्था गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । “पार्कको उचित व्यवस्थापनका लागि यो आवश्यक छ, प्रवेश शुल्कबाट उठेको रकमले यहॉ वनभोज स्थल, पार्क र ट्रि हाउसका अपुरा र थप विकासका कार्य गर्न सकिनेछ,” उनले भने ।

    यस पार्कको उचित व्यवस्थापनका लागि एक जना पार्क गार्ड तथा हेरालुको तत्काल व्यवस्था गर्नुपर्ने काफ्लेले सुझाव दिए । “यहॉ पर्यटकको अत्याधिक भिड बढेसँगै हेरचाह र रेखदेखका लागि पनि हेरालुको खॉचो छ,” उनले भने ।

    यस्तै फोहरको उचित व्यवस्थापन, पिकनिक स्पट तथा अन्य आधारभूत सुविधाको व्यवस्थापन, पार्क र ट्रि हाउसको अपुरा र थप विकासका कार्यहरु गर्ने, स्थानीय कृषि तथा पशुपंक्षीको उत्पादन मार्फत आगन्तुकलाई सेवा सत्कार लगायतको प्रबन्ध गर्न सुझाव दिइएको छ ।

    डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो ।