तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका सात फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिको खोजी अभियान अन्तर्गत प्रहरीले आज सात प्रतिवादी पक्राउ गरेको हो ।
सार्वजनिक मुद्दामा फरार रहेका एक, जबरजस्ती करणी मुद्धामा साक्षी बसेका एक, दुनियाबादी फौजदारी अपराधमा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, जुवा मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ परेकालाई रु १६ हजार ६ सय ३४ जरीवाना भुक्तानका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।