तनहुँ : तनहुँ जिल्लाका विभिन्न ठाँमा प्राकृतिक रुपमा उम्रिएका गाजा नष्ट गर्ने अभियान चलाइएको छ । प्रहरीले जनप्रतिनिधि, आमा समूह लगायतको सहभागितामा जिल्लाका विभिन्न ठाउँमा गाजा नष्ट गर्ने अभियान चलाएको हो ।
प्रहरीले पछिल्लो तीन दिनको अवधिमा घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिकाका विभिन्न ठाउँमा ९ सय ८० गाजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले आज शुक्लागण्डकी नगरपालिका–९ घारीमा आठ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा उम्रिएका पाँच सय गाजाको बोट नष्ट गरेको छ । जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरु समेतको सहयोगमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले गाजा नष्ट गरेको हो ।
यस्तै आज नै व्यास नगरपालिका–६ स्थित मुसेथुम्का र स्याउली बजारका विभिन्न ठाउँका करिब चार÷पाँच रोपनी जग्गामा उम्रिएका एक सय ५० गाजाका बोट नष्ट गरिएको छ । प्रहरी चौकी शिशाघाटबाट खटिएको प्रहरीले स्थानीयवासीको रोहवरमा गाजाको बोट नष्ट गरेको हो ।
यसैगरी घिरिङ गाउँपालिका–३ र ५ स्थित नेवापानी, सिंजालीथर, अर्चलबोट, हटिया, देउराली लगायतका स्थानमा करिब ५÷६ रोपनीमा लगाइएका गाजाको बोट नष्ट गरिएको छ । त्यस ठाउँमा ३३० गाजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय जिल्लामा गाजाको बोट नष्ट गर्ने अभियान चलाएको छ ।