दमाैली : लामो समयदेखि दमौलीमा नृत्य सिकाउँदै आएको भिक्टोरिया डान्स स्कूलमा दमौलीका व्यवसायी मोहन बतासले एक लाखको कोष स्थापना गरेका छन । आर्थिक अभावका कारण कारण नृत्य सिक्नबाट बञ्चित हुन नपरोस् भन्दै बतासले अक्षयकोष स्थापना गरेका हुन् ।
नृत्य क्षेत्रमा पनि राम्रो भविष्य रहेको बताउँदै बतासले आर्थिक स्थिति कम रहेका विद्यार्थीलाई उक्त कोषबाट सहयोग गरिने बतासले बताए । हरेक वर्ष एक जनालाई कोष मार्फत् छात्रवृद्धि प्रदान गरिने डान्स स्कूलका प्रशिक्षक सर्जन थापा मगरले जानकारी दिए ।
यसैबीच बतासलाई भिक्टोरिया डान्स स्कूलले सम्मान गरेको छ । स्कूलका संस्थापक अध्यक्ष संगम कायस्थले बतासलाई सम्मान गरेका हुन् । आगामी मङ्सिरमा दमौलीमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइयो । आठ वर्षदेखि दमौलीमा नृत्य सिकाउँदै आएको उक्त स्कूल अहिले व्यास २ स्थित उत्तरशिला चलचित्र हलबाट सञ्