सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७८, सोमबार

    काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा बसुञ्जेल सरकारी सुविधा नलिने निर्णय गरेका छन् । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।

    उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । ‘म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’

    राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए ।