खबरपुञ्ज समाचार प्रभाव : विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खबरपुञ्ज समाचार प्रभाव : विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७८, सोमबार

    दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिड जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभएपनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको थियो ।

    यसबारेमा खबरपुञ्ज डटकमले समाचार प्रकाशन गरेको थियो । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको बैठकबाट विद्यालय बन्द गर्ने निर्णय भएको छ,” बरालले भने ।

    सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सन्चालन गर्न नपाइने बताए ।

    तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ । तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिक रुपमा कक्षा सञ्चालन गरिरहेका थिए ।