लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७८, सोमबार

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएकै दिन सत्ता राजनीतिमा फेरबदल आएको छ । दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी छन् ।

    विज्ञप्तिमा उनले भनेकी छिन्– मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।

    विपक्षी गठबन्धनले आज प्रदेश प्रमुखलाई बुझाएको समावेदनमा उनको हस्ताक्षर भएपनि त्यो सक्कली नभएको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।