तनहुँ : औषधि व्यवस्था विभागले तनहुँका दुई मेडिकललाई कारवाही गरेको छ । गत आर्थिक वर्ष ०७७÷७८ मा विभागले जिल्लाका दुई मेडिकललाई कारवाही गरेको हो ।
औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार आँबुखैरेनीस्थित अनुप भेटेरीनरी फर्मा र भिमादस्थित जनसेवा मेडिकल सेन्टर कारवाहीमा परेको औषधि व्यवस्था विभागले साउन १३ गते प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ । दुवै औषधि पसललाई गत माघ ५ को निर्णय अनुसार सात दिन निलम्बन गरिएको थियो ।
गत वर्ष विभागले देशका ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारवाही गरेको जनाएको छ ।
हेर्नुस् सूची
आ.व.-२०७७७८-मा-निलम्बनको-कारवाहिमा-परेका-औषधि-पसलहरुको-बिवरण