दमौली : तनहुँमा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना जोखिम अझै नघटेको निष्कर्ष सहित निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा साउन २० गतेसम्म जारी छ ।
यसअघिकै मोडालिटीमा निषेधाज्ञा थप गर्ने निर्णय भएको बरालले जानकारी दिए । तनहुँमा बिहान ७ देखि सॉझ ४ बजेसम्म पसल व्यवसाय खोल्ने अनुमति दिइएको छ । त्यस्तै बिहान ६ देखि सॉझ ६ बजेसम्म राजमार्गमा सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको छ ।
यस्तै स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णय भएको छ।