दमौली : कोरोना सङ्क्रमण पुन: वृद्धि भएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहमा आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । पछिल्लो केही दिनयता जिल्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि मङ्गलबार बसेको बैठकले सबै स्थानीय तहलाई आइसोलेशन तयारीमा राख्न निर्देशन दिएको हो ।
यसअगाडी सञ्चालनमा रहेका आइसोलेशन बन्द छन् । कोरोनाको जोखिम बढेपछि आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बैठकले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन बॉकी रहेकालाई पनि तत्काल खोप लगाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।