दमौली : प्रतिनिधि सभा सदस्य कलिला खानले भूमि सम्बन्धी समस्या आयोग खारेज गर्ने सरकारको कदम गलत रहेको बताएकी छन् । घरवारविहीन सुकुम्बासीलाई जग्गा मालिक हुनबाट रोक्नु गलत भएको उनले बताइन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो । “पात्र मन नपरे फेर्न सकिन्छ तर आयोग खारेज गरेर सरकारले गलत काम गर्यो,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
आयोगले जग्गा वितरणका लागि सबै स्थानीय तहको सहयोगमा निवेदन माग करी कामलाई टुङ्गोमा पुर्याइसकेको थियो । छिट्टै सुकुम्बासीलाई लालपूर्जा बॉड्ने तयारी थियो । तर सरकारले आयोग खारेज गरेपछि सबै काम रद्ध भएको छ । यसले लालपूर्जा पाउने सुकुम्बासीको सपना सपनामै परिणत भएको छ।