दमौली : भूमि सम्बन्धी समस्या आयोगका निवर्तमान अध्यक्ष दधिराज सुवेदीले विविध कारणले सुकुम्बासीलाई समयमै लालपूर्जा दिन नपाएकामा दु:ख लागेको बताएका छन् । सरकारले आयोग खारेज गरेसँगै सुवेदीले कोभिड-१९ को महामारी मात्र नभई परनिर्भर कार्यविधि समेतका कारणले तोकेको समयमा परिणाम दिन नसकेकामा क्षमा मागेका छन् ।
“आयोग विघटनको समाचारले मर्माहत बन्नुभएका भूमिहिन तथा अव्यवस्थित बसोबासी र उहाँहरुका शुभचिन्तकहरुको चिन्ताप्रति सहमत छौ,” उनले भने ।
सुवेदीले आफूहरुले प्राप्त गरेको अनुभव भोलिका दिनमा पनि भूमिहीन सुकुम्बासीहरुको पक्षमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।