तनहुँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबार र मङ्गलबार (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबार र मङ्गलबार (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७८, बुधबार

    दमाैली : तनहुँमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले सोमबार र मङ्गलबार दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत असार ३० गतेदेखि साउन ३ गतेसम्म सञ्चालन भएको कोभिड १९ विरुद्ध भेरोसेल खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई सोमबार र मङ्गलबार दोस्रो मात्रा लगाउन लागिएको हो ।

    २१ देखि २८ दिनभित्रमा दोस्रो मात्रा लगाउनुपर्ने भएकाले सो समयमा पहिलो मात्रा लगाएका तोकिएका लक्षित समूहलाई दोस्रो मात्र लगाइने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए । त्यसक्रममा २१ हजार ४ सय ८८ जनालाई दोस्रो मात्राको खोप लगाइनेछ ।

    भानु नगरपालिकाका तीन हजार तीन सय ९, व्यास नगरपालिकाका ६ हजार चार सय ४४, म्याग्दे गाउँपालिकाका एक हजार चार सय ७७, शुक्लागण्डकी नगरपालिकाका दुई हजार तीन सय १०, भिमाद नगरपालिकाका दुई हजार दुई सय ७३, घिरिङ गाउँपालिकाका ७ सय ९७, ऋषिङ गाउँपालिकाका ८ सय ५०, देवघाट गाउँपालिकाका एक हजार ७९, बन्दिपुर गाउँपालिकाका एक हजार ६ सय र आँबुखैरेनी गाउँपालिकाका एक हजार तीन सय ४९ जनालाई दोस्रो मात्राको खोप लगाइने कार्यालयले जनाएको छ ।