तनहुँमा ९२ प्रतिशत रोपाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    तनहुँमा ९२ प्रतिशत रोपाई

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, बिहीबार

    दुलेगाैडा : साउन तेस्रो सातासम्म पनि जिल्लामा धान रोपाई सकिएको छैन । झण्डै ८ प्रतिशत खेतमा रोपाई हुन बाँकी नै छ । हालसम्म ९२ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार तनहुँमा धान खेतीयोग्य जमिन ११ हजार ४ सय ४ हेक्टर छ ।

    तनहुँका किसानले रामधान, सावित्री, मकवानपुर १, हाईब्रिड र रैथाने जातका धान लगाउँदै आईरहेका छन् । किसानले समयमै रोपेको धान गोडमेल गर्न थालेका छन् । कतै किसानले धान रोप्दै गरेको देखिन्छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा बाढीले क्षति पुर्याएको खेतहरुमा दोस्रो पटक रोपाई चल्दैछ । शुक्लागण्डकी–१० र ८ का फाँटमा किसानले खोलाले बगाएर ल्याएको बगरको थुप्रो हटाएर रोपाई गरीरहेको देखिन्छ । यी दुई वडाको हजारौँ रोपनी खेत बगरमा परिणत भएका छन् । कतिपय स्थानमा बगर हटाएर रोपाई गर्न नसकिने अवस्थामा पनि देखिएको छ ।

    पछिल्लो समय गाउँका टारी खेत बाँझै छन् । युवा जनशक्ति विदेश पलायनका कारण धान फल्ने टारी खेत जंगलमा परिणत हुदैछ । शहरी क्षेत्रका धान फल्ने गह्रामा भने घर ठडिएका छन् ।