दमाैली : टिम नेपो तनहुँले स्थापना दिवसको अवसरमा बिहीबार व्यास नगरपालिका–५ स्थित पराशर आश्रममा सरसफाई, वृक्षारोपण र खाद्यान्न सहयोग गरेको छ । टिम नेपो तनहुँको तेस्रो स्थापना दिवसको अवसरमा संस्थाले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पराशर आश्रमका अध्यक्ष ताराप्रसाद श्रेष्ठले युवा वर्ग धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको संरक्षण र प्रबद्र्धनमा जुट्नु सकारात्मक रहेको बताए । सो अवसरमा उनले व्यास पराशर भूमि हिन्दुहरुको पवित्र धार्मिक स्थल भएकाले यसको प्रचारप्रसारमा सबै जुट्नुपर्नेमा जोड दिए ।
टिम नेपोका निवर्तमान अध्यक्ष गोविन्द तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रुपेशराज पन्थ, सम्पादक उमेश पौडेल लगायतले क्लवले गर्दै आएको कार्यक्रमका बारेमा जानकारी गराए ।