दमौली : कोभिड-१९ सङ्क्रमण दैनिक बढ्न थालेपछि प्रहरीले मास्क लगाउन आग्रह गर्दै बिहीबार दमौली बजारमा सचेतनामूलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सचेतनामूलक र्याली गरिएको हो ।
निषेधाज्ञा जारी रहँदा सर्वसाधारणबाट लापरवाही बढेपछि प्रहरीले प्लेकार्ड सहित सचेतनामूलक र्याली प्रदर्शन गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।
“कोरोना भाइरस विरुद्धको तपाईको मास्क खै अभियान सञ्चालन गरेका हौ,” उनले भने, “नियमित रुपमा मास्क तथा स्यानीटाइजर प्रयोग गर्न, निषेधाज्ञाका पालना गर्न आग्रह गरेका छौ ।”