नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७८, बिहीबार

    काठमाडौंः नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाएका हुन्। 

    उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो। सरकार परिवर्तन भएसँगै विष्टले राजीनामा दिएका हुन्।