पराशर माविका प्रअद्वारा पत्रकार कल्याणकारी कोषमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पराशर माविका प्रअद्वारा पत्रकार कल्याणकारी कोषमा सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, शुक्रबार


    दमौली : व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम पौडेलले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

    पौडेलले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेमार्फत सहयोग हस्तान्तरण गरेका हुन् । सञ्चार क्षेत्रको विकासमा आगामी दिनमा समेत सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कल्याणकारी कोषमा रकम सहयोग गरेकामा महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले आभार व्यक्त गरेका छन् ।

    कल्याणकारी कोषका लागि सहयोग जुट्ने क्रम जारी छ ।