दमौली : भूमि सम्बन्धी समस्या आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अखिल नेपाल किसान महासङ्घ तनहुँले ज्ञापनपत्र बुझाएको छ । सरकारको निर्णयले भूमिहिन सुकुम्बासी जग्गा पाउने अधिकारबाट वन्चित भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्दै महासङ्घले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाएको हो ।
महासङ्घका जिल्ला अध्यक्ष सोमराज तिमिल्सनाले बुझाएको ज्ञापनपत्रमा उक्त निर्णय फिर्ता नगरिएमा आन्दोलनको चेतावनी दिइेको छ । संविधानले प्रदत्त गरेको अधिकार अनुसार गठन गरिएको आयोगले भूमिहिनको लगत सङ्कलन, प्रमाणीकरण गरी भूमिहिनलाई जमिन वितरण गर्न आवश्यक चॉजोपॉजो मिलाएको अवस्थामा आयोग विघटन गर्ने निर्णयले भूमिहिनको अधिकार वन्चित गराएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत राममणि मिश्रले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।