व्यास नगर युवा परिषद्को पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगर युवा परिषद्को पदस्थापन

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले गठन गरेको नगर युवा परिषद्का पदाधिकारी एवं सदस्यहरुले पदस्थापन गरेका छन् । युवाको क्षेत्रमा काम गर्न गठित परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थ लगायत सदस्यहरुले शुक्रबार पदस्थापन गरेका हुन् ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई पदस्थापन तथा शपथग्रहण गराएका हुन् । सोक्रममा नगरप्रमुख न्यौपानेले युवा लक्षित कार्यक्रम सञ्चालनका लागि परिषद्ले भूमिका खेल्न सुझाव दिए ।

    नगरपालिकाले युवा परिषद्को सदस्यमा सुनिल मिश्र, एलोज श्रेष्ठ, सन्जु घले र निशा भण्डारीलाई मनोनित गरेको थियो । उक्त समितिको अध्यक्षमा नगरप्रमुख वैकुण्ठ न्यौपाने पदेन अध्यक्ष छन् भने सदस्य सचिवमा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी चयन भएका छन् ।

    नगरपरिषद् ५१ सदस्यीय हुनेछ । विभिन्न पेशा, व्यवसाय, अध्ययन र अन्य क्षेत्रमा रहेका युवालाई समेटेर युवा परिषद् गठन गरिनेछ । युवा परिषद्मा १८ देखि २८ वर्ष उमेर समूहका युवा समेटिने कार्यकारी उपाध्यक्ष गौरव पन्थले जानकारी दिनुभयो । युवा परिषद्ले युवा लक्षित नीति, कार्यक्रम तर्जुमा लगायत युवाको सर्वाङ्गीण विकासका लागि काम गर्नेछ ।

    कार्यक्रममा उपप्रमुख मीरा जाेशी, व्यास-५ का वडाध्यक्ष एवं प्रवक्ता माेहनकुमार श्रेष्ठ लगायत सहभागी थिए ।