पहिराबाट ज्यान गुमाउने ऋषिङका पीडित परिवारलाई सङ्घ र प्रदेश सरकारकाे राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पहिराबाट ज्यान गुमाउने ऋषिङका पीडित परिवारलाई सङ्घ र प्रदेश सरकारकाे राहत

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७८, शुक्रबार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–७ की ५० वर्षीया देवीसरा थापा र ऋषिङ गाउँपालिका–८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।

    दुवै पीडितका परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारको तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारको तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गरेका छन् । सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए ।

    मुख्यमन्त्री पोखरेलले ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले सडकमा पु¥याएको क्षतिको समेत शुक्रबार नै अवलोकन गरेका छन् । बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो ।

    बाढीपहिराले ऋषिङका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकाहरूलाई पुनस्र्थापनाका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे । त्यसमा सङ्घ सरकारको ६० प्रतिशत र प्रदेशको ३० र स्थानीय तहले ३० प्रतिशत लगानी गर्नुपर्नेछ ।

    यसअघि मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट पनि जनही रु ५० हजार वितरण गरिएको थियो । पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई यसअघि नै सङ्घ सरकारको तर्फबाट रु चार लाख प्रदान गरिसकिएको छ । तामुङका दुई जनाको पहिरामा परी मृत्यु भएको थियो ।