तनहुँकी अस्मिता आले टोटेन्हाममा अनुबन्धित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँकी अस्मिता आले टोटेन्हाममा अनुबन्धित

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७८, शनिबार

    एजेन्सी : नेपाली मुलकी अस्मिता आले इङ्लिस क्लब टोटेन्हामसँग अनुबन्धित भएकी छिन् । १९ वर्षिय डिफेन्डर अस्मिता एस्टन भिल्लाबाट टोटेन्हामसँग अनुबन्धित भएकी हुन् ।

    तनहुँको दमौली स्थायी घर भएकी अस्मिता पूर्व गोर्खा सैनिक अमृत आले र वसन्ती आलेकी छोरी हुन् । इंङ्ल्यान्डमै हुर्किएकी अस्मिताले टोटेन्हामसँग २०२३ सम्मको सम्झौता गरेकी छिन् । उनले टोटेन्हामबाट १३ नम्बरको जर्सी लगाउनेछिन् । आठ वर्षको उमेरमा भिल्लाको एकेडेमीमा आबद्ध भएकी अस्मिता उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो टिममा स्थान बनाएकी थिइन् ।

    अस्मिताले १८ वर्षको उमेरमा पहिलोपटक भिल्लासँग व्यवसायिक सम्झौता गरेकी थिइन् । २०१९/२० सिजनमा भिल्ला वुमेन्स सुपर लिगमा बढुवा हुँदा अस्मिता टोलीकी सदस्य थिइन् । डेब्यु सिजनमै १८ खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी अस्मिता प्लेयर्स ‘प्लेयर अफ दि सिजन’पनि घोषित भएकी थिइन् । उनको टोलीले सिजनको अन्तिम ५ खेलमा ३ क्लिन सिट राखेको थियो । अस्मिताले इंङ्ल्यान्डको यु-१९ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् ।

    टोटेन्हामसँग अनुबन्धित हुन पाउँदा आफू उत्साहित रहेको अस्मिताले बताइन् । “म टोटेन्हामसँग जोडिन पाउँदा निकै उत्साहित छु । यस क्लबको छुट्टै प्रतिष्ठा र महत्वाकांक्षा रहेको छ र म यसको हिस्सा बन्न पाउँदा खुशी छु ।” अस्मिताले थपिन्, “म रेहाने(मुख्य प्रशिक्षक) सँग काम गर्न र धेरै सिक्नको लागि तत्पर छु । आशा छ कि म यस सिजन टोलीको प्रगतिमा योगदान गर्न सक्छु ।”

    मुख्य प्रशिक्षक रेहानेलेपनि अस्मितालाई क्लबमा पाउँदा खुशी रहेको बताएकी छिन् । उनले भनिन्, ” अस्मिता उत्कृष्ट युवा खेलाडी हुन् । उनले पछिल्लो केही वर्ष सुपर लिग र उमेर समूहमा राम्रो प्रगती गरेकी छिन् । उनलाई आफ्नो टिममा पाउँदा उत्साहित छु । किनकी उनीसँग विशाल क्षमता छ जुन पछिल्लो सिजन लिगमा उनको योगदानबाट स्पष्ट छ । अस्मिताको बलियो रक्षात्मक गुण र आक्रमण क्षेत्रमा जाने क्षमताले टोलीलाई धेरै मद्दत पुग्नेछ ।”