कोभिशिल्ड पर्खिएकाले तनहुँमा दोस्रो मात्रा पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिशिल्ड पर्खिएकाले तनहुँमा दोस्रो मात्रा पाउने

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७८, शनिबार

    दमाैली : कोभिशिल्डको पहिलो मात्रा लगाएका तनहुँका नागरिकले पाँच महिनापछि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले गत फागुन अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्राको पर्खाइमा रहेका उनीहरुले पाँच महिनापछि उक्त खोपको दोस्रो मात्रा लगाउन पाउने भएका हुन् ।

    भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् अनुदानमा खोप आएकाले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । “उक्त खोप आज काठमाडौमा आइपुग्छ, त्यसपछि प्रदेश हुँदै जिल्लामा आएपछि पर्खाइमा रहेका सबैलाई उक्त खोप दिन्छौ,” अधिकारीले भने ।

    कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका तनहुँमा १७ हजार पाँच सय ४३ ज्येष्ठ नागरिक छन् । कोभिशिल्डको दोस्रो मात्राको खोप अभियान जिल्लामा साउन २८ र २९ गते सञ्चालनको तयारी गरिएको अधिकारीले जानकारी दिए ।

    यसैगरी भेरोसेल खोपको दोस्रो मात्रा भने सोमबार र मङ्गलबार दिइँदैछ । गत असार ३० गतेदेखि साउन ३ गतेसम्म सञ्चालन भएको कोभिड १९ विरुद्ध भेरोसेल खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

    २१ देखि २८ दिनभित्रमा दोस्रो मात्रा लगाउनुपर्ने भएकाले सो समयमा पहिलो मात्रा लगाएका तोकिएका लक्षित समूहलाई दोस्रो मात्र लगाइनेछ । त्यसक्रममा २१ हजार ४ सय ८८ जनालाई दोस्रो मात्राको खोप लगाइनेछ ।