दमौली : भिडिओग्राफीमा रूची राख्ने युवालाई लक्षित गरी व्यास नगर युवा परिषद्ले संक्षिप्त भिडिओ प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय स्थानको प्रबर्धन गर्ने उद्धेश्य सहित परिषद्ले उक्त प्रतियोगिता गर्न लागेको हो ।
अन्तराष्ट्रिय युवा दिवस (अगष्ट १२) को अवसरमा पर्यटन प्रबर्धनमा युवालाई जोड्ने उद्धेश्य सहित प्रतियोगिता गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थले बताए । प्रतियोगितामा तनहुँ जिल्लाभित्रका १८ देखि ४० वर्षसम्मका युवाले सहभागिता जनाउन पाउनेछन् ।
“सहभागीले व्यास नगरपालिकाभित्रका पर्यटकीय सम्भावना बोकेका ठाउँको भिडिओ बनाउनुपर्नेछ,” उनले भने । पॉच मिनेटसम्मको भिडिओ साउन २७ सम्म नगरपालिकाको इमेलमा पठाउनुपर्नेछ ।
उक्त भिडियो २८ गते अन्तर्राष्टिय युवा दिवसको अवसरमा विशेष कार्यक्रम मार्फत व्यास नगरपालिकामावप्रदर्शन गरिनेर उत्कृष्टलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश, दश हजार, सात हजार र तीन हजार प्रदान गरिनेछ ।