तनहुँ : नेपाल विद्युत प्राधिकरणको ३६ औ स्थापना दिवसका अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगितामा तनहुँ वितरण केन्द्र प्रथम भएको छ । गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिबार सम्पन्न प्रदेश स्तरीय प्रतियोगितामा तनहुँ वितरण केन्द्र प्रथम भएको हो ।
प्रतियोगितामा तनहुँका तर्फबाट दिनेश वाग्ले र शिव बानियाँले प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा तातोपानी वितरण केन्द्र द्वितीय र पोखरा वितरण केन्द्र तृतीय भएको छ ।