तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालित सार्वजनिक यातायातको भाडादर चेकजाँच गरेको छ । कोरोना कहरका बीचमा सञ्चालित सार्वजनिक यातायातले बढी भाडादर लिने सम्भावना भएकाले प्रहरीले भाडादर चेकजाँच अभियानलाई तीव्र पारेको हो ।
यात्रुहरुसँग निर्धारित भन्दा बढी भाडा नलिन आग्रह गर्दै प्रहरीले देखिने ठाउँमा भाडादर राख्न निर्देशन समेत दिएको छ । यसका साथै चालक, सहचालक तथा यात्रुहरुले मास्कको प्रयोग गरे नगरेको पनि प्रहरीले चेक गरेको छ ।