किरण गजमेर भ्वाइस अफ नेपालको विजेता घोषित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किरण गजमेर भ्वाइस अफ नेपालको विजेता घोषित

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    काठमाडौं : किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । 

    शनिबार राति सकिएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् ।

     उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।  यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।