दंगाको निरिक्षणमा मन्त्री बराल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दंगाको निरिक्षणमा मन्त्री बराल

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    दुलेगौँडा : गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । शुक्लागण्डकी नगरपालिका–८ तिब्बतीयन क्याम्प नजिकै रहेको कार्यालयको शनिरबार मन्त्री बरालले निरीक्षण गरेका हुन् ।

    दंगाको हालै बनेको ब्यारेक भवन, मेस, सडक र कार्यालयको वृहत गुरुयोजनाको मन्त्री बरालले निरीक्षण गरे । मन्त्री बराललाई कार्यालयका प्रमुख एसपी दयानिधी ज्ञवालीले वस्तुस्थितिबारे जानकारी गराएका थिए । ‘नयाँ सरंचना भएकाले थुप्रै अभाव छ । मन्त्री ज्यूको ध्यानाकर्षण गराएका छौँ’ एसपी ज्ञवालीले भने, ‘उहाँले माग सम्बोधन गर्ने वचन दिनु भएको छ ।’

    मन्त्री बरालले आधारभुत आवश्यकता नै पुरा नभए काम गर्ने मनोबल गिर्ने भएकाले आवश्यकताको आधारमा प्रदेश सरकारमार्फत बजेट विनियोजन गर्ने जनाए । नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल बढाउने गरी काम गर्ने उनको भनाई छ । मन्त्री बरालसंगै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिवेश लोहनीले पनि दंगा नियन्त्रण प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।

    २०७५ साउनबाट यहाँ दंगाको कार्यालय स्थापना गरिएको थियो । आफ्नै भवन नहुदाँ शुक्लागण्डकी नगरपालिका–५ सन्तेडाँडास्थित भाडाको घरबाट कार्यालय सञ्चालन गरिएको थियो । अहिले दंगाले आफ्नै भवन बनाएपछि एउटा घर छाडिएको छ । अर्को घर भने भाडाकै प्रयोग गरिएको छ । यहाँ ४ सय ५० जनाको दरबन्दी रहेकोमा १३ जनाको दरबन्दी खाली रहेको कार्यालयले जानकारी दिएको छ ।