


तनहुँ : जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले आज पक्राउ गरेको हो ।
तनहुँ जिल्ला अदालतले निजलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र रु दुई हजार दुई सय जरीवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि आजै अदालत दाखिला गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।