तनहुँ : विदेश जानेलाई तनहुँमा जोन्सन खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले तत्काल विदेश जानका लागि पालिकामा नाम टिपाएका नागरिकलाई साउन २७ गते जोन्सन खोप दिन लागेको हो ।
दमौली अस्पतालमा लगाइने खोपका लागि विदेश जाने कागजात (नागरिकता, पासपोर्ट, भिसा) ल्याउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।