सदस्यको पीडामा मलम लगाउँदै छङ्गेली नेवा खल, मिर्गौला र मुटु पीडितलाई आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सदस्यको पीडामा मलम लगाउँदै छङ्गेली नेवा खल, मिर्गौला र मुटु पीडितलाई आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७८, सोमबार

    दमौली : छङ्गेली नेवा खल दमौलीले आफ्ना सदस्यको पीडामा मलम लगाउन आर्थिक सहयोग गरेको छ । नेवा खलका सदस्य ध्रुव मल्लका छोराको मिर्गौला उपचार र सदस्य छविलाल श्रेष्ठको मुटुको उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग गरिएको हो ।

    दुवै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने ध्रुवका छोरालाई रु ४० हजार र छविलाललाई २० हजार सहयोग गरिएको नेवा खलका अध्यक्ष सुकनारायण मल्लले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा नेवा खलका निवर्तमान अध्यक्ष क्या. तारालाल मल्ल, वरिष्ठ उपाध्यक्ष शेरकुमार कायस्थ, उपाध्यक्ष जुननारायण श्रेष्ठ, सचिव चन्द्र कायस्थ लगायत सहभागी थिए ।