बाल मन्दिरको अध्यक्षमा क्या. सन्तलाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बाल मन्दिरको अध्यक्षमा क्या. सन्तलाल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली : व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा क्या. सन्तलाल श्रेष्ठ चयन भएका छन् । सोमबार विद्यालयमा आयोजित भेलाले श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा अस्मिता नेपाली, रामचन्द्र अधिकारी, नारायण थापा चयन भएका छन् । भेलालाई व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले सम्बोधन गरेका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर उकास्न योजना साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

    व्यास नगरपालिकाले साउन मसान्तसम्म अभिभावकको भेला गराई विद्यालय व्यवस्थापन समिति गठन निर्देशन दिएको छ ।