अदालतले निर्दलीयतालाई प्रश्रय दियो : सांसद सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अदालतले निर्दलीयतालाई प्रश्रय दियो : सांसद सिग्देल

    विवि श्रेष्ठ

    २४ श्रावण २०७८, सोमबार

    तनहुँ : नेकपा एमाले तनहुँका अध्यक्ष एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले अदालतको फैसलाले निर्दलीयतालाई प्रश्रय दिएको बताएका छन् । दलीय क्षेत्राधिकारभित्र गएर सर्वोच्च अदालतले व्यक्ति नै किटेर प्रधानमन्त्री तोक्दा देशमा लोकतन्त्र नै खतरामा परेको बताए ।
    “जनताको अभिमत विरुद्ध परमादेश मार्फत् प्रधानमन्त्री तोक्नु अलोकतान्त्रिक हो । सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाले पनि संविधानको ७६ को ५ को व्याख्यालाई अपव्याख्या गर्दा लोकतन्त्र नै खतरामा परेको छ,” उनले भने ।

    दभुङ्ग चण्डीदेवी गुठी भवनको साेमबार समुदघाटन गर्दे सासंद केदार सिग्दलले दलीय व्यवस्थामा ७६ को ५ मा दलीय ह्वीप लाग्दैन भनेर अदालतले भन्नु न्यायसंगत नभएको दावी गरे । “लोकतन्त्रमा दलीय व्यवस्था नै मुख्य हो, दलीय व्यवस्था बाहिर गएर निर्दलीयता उन्मुख व्याख्या गर्नु संविधान विपरित रहेको छ,” उनले भने, “यसले दीर्घकालसम्म असर पु¥याउँछ ।”

    कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले तीन तहको सरकारको काम कारवाही जनतालाई बुझाउन नसक्दा जनता रनभुल्लमा परेको बताए । संस्थाका अध्यक्ष टेकवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठ, निर्माण समितिका अध्यक्ष विवि श्रेष्ठ, संस्थाका सचिव कृष्णकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।