दमौली : व्यास नगर स्काउटले कोभिड-१९ न्यूनीकरणमा सहयोग पुर्याउन सचेतनामूलक कार्यक्रम गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढेपछि स्काउटले कोरोना नियन्त्रणमा सहयोग पुर्याउन मङ्गलबार विभिन्न सरकारी कार्यालयमा सचेतनामूलक पोष्टर टॉसेको छ ।
व्यास नगर स्काउटका संयोजक पृथ्वी भुजेलले सर्वसाधारणको बढी भिड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र व्यास नगरपालिकामा पोष्टर टॉसिएको जानकारी दिए ।
“सबैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव छ, सबैले आ-आफ्नो ठाउँबाट कोरोना न्यूनीकरण अभियानमा लाग्नुपर्छ,” भुजेलले भने ।
यस कार्यका लागि सरोज लामिछाने, कल्पना घिमिरे, अर्पन श्रेष्ठ र कुशल आले खटिएका थिए ।