व्यासका २४ खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका २४ खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७८, मंगलवार

    दमाैली : व्यास नगरपालिकाका २४ खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरिने भएको छ । गत फागुन २३ गतेदेखि चैत १२ गतेसम्म कोभिशिल्डको खोपको पहिलो मात्रा लगाएकालाई साउन २८ र २९ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

    ६५ वर्षभन्दामाथिको तीन हजार बढीलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने व्यासका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । खोप लगाउनका लागि १४ वडै वटामा २४ खोप केन्द्र तोकिएको छ । “पहिलो मात्रा खोप लगाएका व्यक्तिहरु दोस्रो खोपका लागि सम्बन्धित खोप केन्द्रमा कार्ड सहित आउनुपर्छ,” उनले भने ।

    No description available.
    No description available.