इन्जिनियरलाई प्राथमिकतामा राखी खोप लगाउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इन्जिनियरलाई प्राथमिकतामा राखी खोप लगाउन माग

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७८, बुधबार

    तनहुँ : नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन गण्डकी प्रदेश समितिले इन्जिनियरलाई प्राथमिकतामा राखी कोभिड विरुद्धको खोप व्यवस्था गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

    प्रदेश सदस्य अनिश ढकालको नेतृत्वमा बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ११ वटै जिल्लामा रहेका इन्जिनियर, आर्किटेक्ट तथा भ्यालुयर्सहरुलाई प्राथमिकतामा सूचीमा राखी कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो ।

    विश्व प्रताडित भइरहेको महामारीबाट विकास निर्माणको काममा अग्रपङ्क्तिमा खटिएका इन्जिनियर पनि अछुतो नरहेको भन्दै ज्ञापनपत्रमा जोखिमपूर्ण तरिकाले खटिएका इन्जिनियरलाई खोपमा प्राथमिकता दिन आग्रह गरिएको छ । “जोखिमपूर्ण अवस्थामा समेत देशभर सरकारका तिनै तहका विभिन्न मन्त्रालय, विभाग, कार्यालय र आयोजनाहरु, शैक्षिक संस्था, निजी क्षेत्र र बैङ्क तथा वित्तीय संस्थामा इन्जिनियर, आर्किटेक्ट र भ्यालुयर्सहरु खटिइरहेका छन्,”ज्ञापनपत्रमा भनिएको छ ।