तनहुँ : न्यून गुणस्तरको सस विक्री गर्ने एक व्यवसायीलाई जिल्ला अदालत तनहुँले जरीवानाको फैसला सुनाएको छ । तनहुँको व्यास नगरपालिका–५ निवासी दलबहादुर झेडीलाई जिल्ला अदालतले रु ३० हजार जरीवानाको फैसला सुनाएको हो ।
न्यायधीश बासुदेव पौडेलको बुधबारकाे इजलासले खाद्य ऐन २०२३ बमोजिम न्यून गुणतरको भेजिटेबल सस उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा जरीवानाको फैसला सुनाएको श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिनुभयो ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुगमनका क्रममा निजले कम गुणस्तरको सस उत्पादन गरेको फेला पारेको थियो । खाद्य निरीक्षक प्रशान्त पोखरेलले निज विरुद्ध विसं २०७७ फागुन २६ गते अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।