तनहुँ : तत्काल विदेश जाने तनहुँका २४० जनालाई जोन्सन खोप लगाइएको छ । सम्बन्धित देश जाने भिसा, टिकटका आधारमा उनीहरुलाई बुधबार जोन्सन खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय तनहुँमा उनीहरुलाई खोप दिने व्यवस्था मिलाइएको थियो । विदेश जान कोभिड-१९ विरुद्धको खोप अनिवार्य गरिएपछि खोप सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।