तनहुँ : कोरोना सङ्क्रमणबाट बुधबार तनहुँका एक पुरुषको मृत्यु भएको छ । व्यास नगरपालिका-१४ का ५१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
साउन २५ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
परीक्षण ६९ : सङ्क्रमित ३४
यसैगरी २४ घण्टाको अवधिमा तनहुँका ६९ जनाको कोरोना परीक्षण गरिएकामा ३४ जना सङ्क्रमित भएका छन् । १७ महिला र १७ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।