कोरोनाले थलिएको फिल्म निर्माण गतिशिल बन्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोनाले थलिएको फिल्म निर्माण गतिशिल बन्दै

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७८, बुधबार

    तनहुँ : कोभिड–१९ बाट उत्पन्न परिस्थितिले सुस्ताएको फिल्म निर्माण कार्य गतिशिल बन्दै जान थालेको छ । तनहुँको भिमाद जन्मघर भई हाल अमेरिकामा बस्दै आएका व्यास बिस्सुले फिल्मको सुटिङ निर्माण कार्यलाई तीव्र रुपमा अगाडी बढाएका हुन् ।

    ‘लाइभ इन एलए’ नामक चलचित्रको छायाङ्कन कार्य अघि बढेपछि कोरोना र निषेधाज्ञाले बेरोजगार बनेका चलचित्रकर्मीले राहत महशुस गर्न थालेका छन् । कोरोनाको जोखिमका बीचमा पनि बिस्सुले छायाङ्कनलाई अगाडी बढाएका छन् ।

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर गरिएको लामो बन्दाबन्दीले र चलचित्र हल खुल्ने अवस्था नभएकाले चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन् । कोरोनासँग सधैं डराएर बस्ने हो भने चलचित्रकर्मी कामविहिन र आम्दानीसमेत नहुँदा कला क्षेत्र खस्किने भएकाले जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न जोखिम मोलेर लगानी गरेको उनले बताए ।

    No description available.

    सरकाले लकडाउन खुकुलो बनाएसँगै लामो–छोटो दूरीको सार्वजनिक यातायात, होटल–कलकारखाना सहित प्रायः सबै व्यवसाय बौरिँदै गरेपनि सिने क्षेत्र भने ठप्प रहेको बेला चलायमान बनाउने प्रयास गर्दा खुशी लागेको कलाकारले बताएका छन् । चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ ।

    No description available.

    व्यास इन्टरटेन्मटको प्रस्तुति रहेको चलचित्रमा निर्मातामा बिस्सुका अतिरिक्त राजेन्द्र ठकुरी, कार्यकारी निर्मातामा संसार सुवेदी छन् । चलचित्रमा ब्यास बिस्सु, अकेला विष्ट, जेरेड विलप्स, सिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे, सञ्चारकर्मी विष्णु गौतम, श्याम भुजेल, जयन्द्र चिलवाल लगायतले अभिनय गरेका छन् ।

    चलचित्रको नेपाल र अमेरिका दुवै स्थानमा छायाङ्कन भईरहेको छ । चलचित्रको निर्देशकमा सूर्यनारायण श्रेष्ठ, एसोसियट निर्देशक दीपक ओली रहेका छन् भने छायाङ्कन बाबु श्रेष्ठ र क्रिस वारेनले गरेका छन् । कविराज गहतराजको कोरियाग्राफी रहेको चलचित्रमा सङ्गीत आशिष कार्कीले भरेका छन् भने प्रोडक्सन व्यवस्थापनमा प्रदीप आचार्य छन् ।

    विदेशमा रहेका नेपालीले विपद्को समयमा जन्मभूमिलाई सम्झिएर नागरिकलाई मद्धत गर्नुपर्छ भन्ने सन्देश चलचित्रमार्फत् दिन खोजिएको छ । नायिका शिल्पाले कला क्षेत्रलाई सहज रुपमा काम गर्नुपर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताइन् । हाल तनहुँका विभिन्न पर्यटकीय स्थलमा चलचित्रको छायाङ्कन भइरहेको छ ।