नवजात शिशु मारेको अभियोगमा साढे २१ वर्ष कैद तोकिएका आँबुखैरेनीका प्रेम पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    नवजात शिशु मारेको अभियोगमा साढे २१ वर्ष कैद तोकिएका आँबुखैरेनीका प्रेम पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बुधबार

    तनहुँ : कर्तव्य ज्यान मुद्दामा साढे २१ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला नामले चिनिने खिमबहादुर सार्की भन्ने प्रेमबहादुर सार्की रहेका छन् ।

    नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजलाई जिल्ला अदालतले विसं २०६० वैशाख ११ गते २१ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । १८ वर्षसम्म उनी फरार थिए ।

    जबरजस्ती करणीबाट जन्मिएको नवजात शिशुको हत्या गरेको अभियोगमा उनी फरार थिए । कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टिकामाया अम्गाई भन्ने टिका थापाको बयान पोलबाट खुलेका प्रतिवादी सार्कीले जवर्जस्ती करणी गरेको र निजको करणीबाट गर्भ रहन गएको थियो । छोरी जन्मिएपछि निजले खरबारीमा लगेर नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । निजविरुद्ध विस. २०६० वैशाख ११ गते जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएकामा पुनरावेदन अदालत पोखराले विसं २०६० कात्तिक १८ गतेको आदेशले उक्त फैसला सदर गरेको थियो ।