तनहुँ : चेक अनादर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजलाई जिल्ला अदालतले विसं २०७४ असार ८ गते र विसं २०७७ असोज १५ गते दुई मुद्दामा एक महिना कैद, रु तीन हजार र ११ लाख २० हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।