जताततै भिड, डराउला कोभिड !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जताततै भिड, डराउला कोभिड !

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    दुलेगाैडा : शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लावलस्कर सहित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको निरीक्षण गरे । भिमादस्थित जनज्योति क्याम्पसको वृक्षारोपणमा सरिक भए । ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर सदस्य गुमाएका परिवारलाई राहत दिने कार्यक्रममा पुगे ।

    गाउँपालिकाले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा पनि उपस्थित थिए, जहाँ सयौँको संख्यामा ऋषिङवासी भेला भएका थिए । तनहुँ प्रशासनले निषेधाज्ञाको बेला सामाजिक संस्कृतिक कार्यक्रममा १५ जना भन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । तर, प्रशासनको आदेशको खिल्ली उडाउँदै मुख्यमन्त्री नै कार्यक्रममा उपस्थित भए ।

    शनिबार पनि यस्तै दृश्य दोहोरियो । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग ९वाईसिएल० शुक्लागण्डकी नगर कमिटीले तेस्रो नगर सम्मेलन ग¥यो । त्यहाँ पनि प्रशासनले भनेको १५ जनाको दोब्बर तेब्बर बढी भेला भए । अतिथि थिइन् गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला । सामाजिक दूरी कायम गर्न त सक्ने कुरा भएन मञ्चमा बसेका केही अतिथिको मुखमा मास्क समेत थिएन ।

    आइतबार दिउँसो जिल्ला मालपोत कार्यालय दमौलीमा सेवाग्राहीको ठेलमठेल भिड थियो । जहाँ सामाजिक दूरी कायम गर्न सक्ने अवस्था थिएन । निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय नजिकै भएर पनि मुकदर्शक भएर बसिरह्यो ।

    सोमबार पनि जिल्लाका विभिन्न स्थानमा विश्व आदीवासी जनजाती दिवस भिडभाड गरेर मनाइयो । सोमबार र मंगलबार कोरोनाबाट बच्न भेरोसेलको दोस्रो डोज लगाउन खोप केन्द्रमा पुगेकाहरुको भिड पनि कम रहेन ।

    यी केबल चार दिनका प्रतिनिधिमूलक भिड हुन् । स्थानीय सरकारकै आयोजनामा कार्यक्रम भईरहेका छ । सरकारी कार्यालयमा भीड । खोप केन्द्र उस्तै भद्रगोल । बजारमा, मन्दिरमा भिड छ । गाउँमा मास्क बिना मेलापात गर्ने भेटिन्छन् । सार्वजनिक यातायात, बैंक जताततै भिड ।

    कोभिड अर्थात कोरोनाले नो भिड भन्छ । तर, भिड प्रशासनले जारी गरेको आदेशको धज्जी उडाउन सफल देखिन्छ । कडिकडाउका साथ कार्यन्वयन गराउन प्रशासन चुकेको प्रष्ट देखिन्छ । सर्वसाधारणको त के कुरा गर्ने १५ जना बढी सहभागी कार्यक्रममा जनप्रतिनिधि नै अतिथी बनेर पुग्छन् । समाजका अगुवा नै कोरोना महामारी नियन्त्रणमा अगुवा बन्न सकेका छैनन् ।

    जानकारीमा आएसम्म कार्यक्रमहरु रोक्ने गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्य बताउँछन् । ‘जानकारी पायौँ भने कार्यक्रम नगर्नुस भनेका छौँ । रोकेका पनि छौँ । कोरोना बढिरहेको बेला उहाँहरु पनि जिम्मेवार बन्नुपर्ने हो,’ उनले भने । कार्यक्रम गरेको लिखित रुपमा जानकारी आए कारबाही समेत गर्न आफूहरु तयार रहेको प्रजिअ आचार्यले जिकिर गरे ।

    सरकारी कार्यालयमा भने सेवाग्राहीको काम रोक्न हँुदैन् भन्दा भिड बढेको उनको भनाई छ । ‘कामकारबाही रोक्न पनि भएन् । सेवाग्राहीलाई सेवा दिनुप¥यो । त्यसो हुदाँ कार्यालयमा पनि भिड भएका छन्,’ उनले भने, ‘कार्यालयमा सकेसम्म दूरी कायम गर्ने गरेका छौँ ।’ भिडभाड गर्ने र स्वास्थ्यको मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएमा बजार नै बन्द गराउन बाध्य हुने उनले जनाए ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।