लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, बिहीबार

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

    गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

    लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

    अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार राजीनामा दिएका थिए । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।