तनहुँ जलविद्युत आयोजनाको कामलाई तीव्रता दिने उर्जामन्त्रीको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ जलविद्युत आयोजनाको कामलाई तीव्रता दिने उर्जामन्त्रीको घोषणा

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    काठमाडाै : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिने उर्जामन्त्री पम्फा भुषालले घोषणा गरेकी छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुषालले आयोजनाको कामलाई तीव्रता दिने बताइन् ।

    ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाले कोरोना कहरका बाबजूद पनि कामलाई अगाडी बढाइरहेको छ । आयोजनाको हालसम्म तीन वटा सुरुङ निर्माण सकिएको छ । ४३७.१ मिटर लामो सर्च ट्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ जेठ २१ गते पूरा भएको छ ।

    केही समयअगाडी मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।