शेयर बजार उकालो लाग्ने क्रम जारी, ३१७८ बिन्दुको नयाँ रेकर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    शेयर बजार उकालो लाग्ने क्रम जारी, ३१७८ बिन्दुको नयाँ रेकर्ड

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, बिहीबार

    काठमाडौँ : शेयर बजार उकालो लाग्ने क्रम जारी छ। बिहीबार पनि शेयर बजार उकालो लागेको छ। साताको अन्तिम दिन आज बजार १६.४१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जनाएको छ।

    आज ०.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचकले नयाँ उचाई कायम गर्दै ३१७९ अंकमा पुगेको हो।

    नेप्सेका अनुसार २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्बं ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपियाँ बराबरको कारोबार भएको हो।

    बजार दोहोरो अंकले बढेको दिन बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादनमूलक ९९.२५, जीवन बीमा ३१.०५, म्युचुअल फण्ड ०.०८ र लगानी समूह १.७१ अंकले बढेका छन् भने बाँकी समूह भने राताम्मे भए।