काठमाडौं : पाँचतारे होटल अलफ्ट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी बनेको छ । अलफ्ट पब्लिक कम्पनी बनेपछि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने बाटोमा अघि बढेको अनुमान गरिएको छ ।
आईपीओ ल्याउन पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया पूरा गर्दै जाने र केही वर्षपछि आईपीओ निष्काशन गर्ने तयारी थालिएको सञ्चालकहरुले बताएका छन् ।
यो होटलका लगानीकर्ता मध्येका एक पृथ्वीबहादुर पाँडेले सुरुमा नाफा कमाएपछि मात्रै आईपीओमा जाने सोच राखिएको बताएका छन् । अन्तरराष्ट्रिय चेन होटल चेन मेरियटकै ब्राण्डमध्येको एउटा अलफ्टका मुख्य लगानीकर्ता नै पाँडे हुन् ।